काठमाडौं २३ असोज । । रौतहट क्षेत्र नम्बर २ मा ज्यान डांका मुद्धामा जेलमा रहेका मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा फिरदोस आलमले टिकट पाएका हुन् ।
मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।
टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।
COMMENTS