दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

मस्को, २६ असोज । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौँ सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त सहरहरूमा, कानुन प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४ र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’

लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति