रूसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

एजेन्सी, १ कात्तिक । रूसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरू गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रातभरि र बिहानै शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतंकित गरेको छ ।

‘रूसले कामिजाको ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन,’ उनले बताएका छन् ।

राजधानीका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति