बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा

एजेन्सी, ३ कात्तिक । बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।

राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लंघन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छुः म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।’

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा छोटो सेवा गर्ने गृहमन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति