ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

एजेन्सी, ९ कात्तिक । बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरवेका छन् ।

औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका थिए । राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका थिए । 

पहिलो एसियाली मूलका ब्रिटिस प्रधानमन्त्री सुनक यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति