विरोध खतिवडाको आग्रहपछि पुरुषोत्तम खड्का रिहा

मकवानपुर, २३ कात्तिक । मकवानपुर–२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौंडा–२ का पुरुषोत्तम खड्का रिहा भएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादी नेता खड्काले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो । 

पूर्वस्वास्थ्य तथा जनसख्यामन्त्री समेत रहेका खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला  मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए । 

आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले बुधबार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनकातर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुर्व्यवहार  गराइएको खतिवडाको भनाइ छ ।

हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भए पनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board