बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले वृद्धि

एजेन्सी, २७ कात्तिक । बेइजिङको यस वर्षको पहिलो १० महिनामा कुल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्यांकले देखाएको छ ।

बेइजिङ भन्सारका अनुसार यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो ।

जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ ।

यस अवधिमा, सोलार व्याट्री, लिथियम–आयन ब्याट्री र विद्युतीय सवारी साधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् ।

अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board