लुम्विनी, गण्डकी, कर्णाली र सुदूर पश्चिम मध्ये एमाले कर्णाली र सूपमा गठबन्धनभन्दा धेरै पछि, कुन दलले कतिमा जित्न सक्लान ?


काठमाडौं १ मंसिर । आसन्न आम चुनावका सन्दर्भभमा एबीसी टेलिभिजन र नेपाल पेजले देशभरको अवस्था र यस अघि प्रदेश १ र मधेशको विस्तृत विवरण प्रस्तुत गरेको छ । एबीसी टेलिभिजनको देशव्यापी स्थलगत अभियानका क्रममा गरेको रिपोटिंगमा कर्णाली र सूपमा एमाले जम्मा १ सटिमा समेटिन सक्ने खतरा देखिएको छ ।

गण्डकी प्रदेश

यो प्रदेशमा कास्कीका ३ वटा क्षेत्र मध्ये १ र २ मा एमाले उमेद्वारले जित्ने बलियो सम्भावना देखिएको छ । क्षेत्र नं३ माके र एमाले बीच चर्को प्रतिस्पर्धा छ । लमजुंगमा एमले उमेद्वार पृथवीसुव्वा गुरुंगले झिनो मतान्तरले जित्ने देखिएको छ । तनहुंका दुवै क्षेत्रमा नेका उमेद्वार विजयी हुने अवस्थामा स्यांगजामा क्षेत्र नं १ मा नेका उमेद्वार अघि रहंदा २ मा नेका उपसभापति धनराज गुरुंगलाई एमाले सचिव पद्मा अर्यालले पराजित गर्ने अवस्था देखिएको छ ।
मुस्तांगमा एमाले अघि रहंदा म्याग्दीमा नेका उमेद्वार जितको नजिक छन् । वागलुंगा दुवै क्षेत्रमा गठबन्धनका उमेद्वारले जित्ने देखिएको स्थानिय सम्वाददाताको स्थलगत रिर्पोटिंगमा देखिएको छ भने पर्वतमा नेका र एमालेबीच चर्को प्रतिस्पर्धा छ । अर्को हिमाली जिल्ला मनांगमा नेका उमेद्वार अघि देखिएका छन् ।
गोरखाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उमेदेवारको विजय घोषणाको प्रतिक्षा रहेको देखिएको छ । जहांबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत प्रत्यासी रहेका छन् ।


लुम्विनी प्रदेश

लुम्विनीका २६ संघीय निर्वाचन क्षेत्र मध्ये नेका ११–१४ क्षेत्रमा, माके ५–६ क्षेत्रमा, एमाले ३–६ क्षेत्रमा र अन्य २ क्षेत्रमा जितको नजिक छन् । त्यस प्रदेशका ६ वटा निर्वाचन क्षेत्र व्याटल ग्राउण्डको रुपमा चर्को प्रतिस्पर्धाको क्षेत्रमा देखिएका छन् ।
गुल्मीको क्षेत्र नं १ मा नेका र २ मा एमाले उमेद्वारले जित्ने बलियो सम्भावना छ । पाल्पाको क्षेत्र नं १ मा एमाले र नेका उमेद्वारबीच प्रतिस्पर्धा छ भने २ मा एकीकृत समाजवादीका ससोम पाण्डेलाई एमाले उमेद्वार ठाकुर गैरेले सपराजित गर्ने अवस्थामा देखिएका छन् । रुपन्देहीका ५ क्षेत्र मध्ये क्षेत्र नं १ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उमेद्वार घनश्याम भुसाल, २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, ३ मा गृहमन्त्री वालकृष्ण खाण, ४मा नेका प्रमोद शाह र ५ मा नेकाकै भरतल साहले जित्न ससक्ने देखिएको छ ।
कपिलवस्तुका ३ क्षेत्र मध्ये १ मा माके, २ मा एमाले र ३ मा नेका उमेद्वार जितको नजिक छन् । रुकुम पूर्व र रोल्पामा त सदाझैं माकेका उमेद्वारले सहजै जित्ने देखिएको छ ।
दांगका तीनवटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक छ । क्षेत्र १ र २ चर्को प्रतिस्पर्धाका क्षेत्र देखिएका छन् भने क्षेत्र न. ३ मा गठबन्धनका नेका उमेद्वारले जित्ने देखिएको छ ।
बर्दियाका २ वटा क्षेत्रमा गठबन्धनका उमेद्वार विजयी हुने बलियो सम्भावना छ । अर्घाखांची र प्युठान चर्को प्रतिस्पर्धाका क्षेत्रमा देखिएका छन् ।

नवलपुर १ मा नेका नेता शशांक कोइराला र २ मा पनि नेकाकै देवेन्द्र राज कंडेल गठबन्धन दल माकेका कारण जितको अवस्थामा देखिएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा दैलेख १ मा एमाले उमेद्वारले एसका उमेद्वारलाई पराजित गरेर त्यो प्रदेशमा उपस्थ्तिि देखाउने बाहेक अन्य सबै क्षेत्रमा गठबन्धनका उमेद्वार जितको अवस्थामा देखिएका छन् । जुम्लामा भने कांग्रेको द्धैध चरित्रका कारण माके र राप्रपा तथा एमाले बीच प्रतिस्पर्धा देखिएको छ ।
सूदुर पश्चिम प्रदेश
प्र शेरबहादुर देउवाको गृह प्रदेश मा पनि गठबन्धनका अघि एमाले निकै कमजोर देखिएको छ । कैलालीका ५ क्षेत्रमध्ये १मा नागरिक उन्मुक्ति २ मा गठबन्धन र एमाले बीच चर्को प्रतिस्पर्धा र नाउपाको मत प्राप्तीले कसलाई प्रभावित गर्दछ भन्ने अवस्थामा देखिएको छ । ३ मा माके र ४ मा नेका उम्देवार जित नजिक देखिंदा ५ मा यसपटक पनि एमालेले जित्न ससक्ने देखिएको छ । कञ्चनपुर, अछाम, बैतडी बझांग, डडेलधुरा र दार्चुलामा सत्ता रुढ गठबन्धनका उमेद्वार विजयी हुने अवस्थामा डोटी र बाजुरामा सत्ता गठबन्धनका उमेद्वार र एमाले बीच चर्को प्रतिस्पर्धाको व्याटल ग्राउण्ड देखिएको छ ।

मधेश प्रदेशमा नेका भन्दा आधाले जसपा पछि, २४ सिट क्लियर, ८ सिटमा चर्को प्रतिस्पर्धा, मुख्य व्याटल ग्राउण्ड सप्तरी –२

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board