महोत्तरी, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ ।
जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।
जिल्लामक चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ ।
निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।
निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन् । क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्य क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
COMMENTS