चितवन, ४ मंसिर । चितवनको क्षेत्र नम्बर १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।
राप्ती नगरपालिका–८ मा विप्लपका कार्यकर्ताले आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित गरिएको हो ।
मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
COMMENTS