झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो

झापा, ४ मंसिर । झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।  

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो ।  

सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रम्ख नेपालले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board