धनुषा, ५ मंसिर । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।
अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ ।
उनका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो ६०८ मतसहित अग्रस्थानमा छिन् भने गठबन्धनका उम्मेदवार अनिल झा ३१० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह ३२० मतसहित दोस्रो स्थानमा छन् ।
COMMENTS