काठमाडौँ, ५ मंसिर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएकाे छ ।
आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार ४७७ मत प्राप्त गरेका छन् ।
यसैगरी, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार ४९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार ४९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार ४२७ मत र अन्यले २१८ मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिइन् ।
सो निर्वाचन क्षेत्रमा कुल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा मतगणना भइरहेको छ ।
COMMENTS