भक्तपुर, ५ मंसिर । भक्तपुर २ मा नेकपा (एमाले)का महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८२४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् ।
केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७७९ मतगणना भइसकेको छ ।
COMMENTS