काठमाडौँ, ६ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले प्रतिस्पर्धीसँगको मतान्तर बढाएका छन् ।
कुल खसेको मतमध्ये १८ हजार ७९७ मत गणना हुँदा उनले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको मतान्तर बढाएका हुन् ।
पौडेल र पोखरेलबीचको मतान्तर १ हजार ८१६ पुगेको छ । पछिल्लो परिणामअनुसार पौडेलले ६ हजार १८१ र पोखरेलले ४ हजार ३६५ मत पाएका छन् ।
काठमाडौँ–५ मा ७० हजार मतदाता छन् । जसमध्ये ४५ हजार ३५५ मत खसेको थियो ।
COMMENTS