पाल्पा, ६ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का नारायण आचार्यले दोब्बर बढी मत अन्तरले अग्रता लिएका छन् ।
मंगलबार बिहान ७ बजेसम्मको मतगणनाअनुसार एमालेका आचार्यले २ हजार ७५९ मतले अग्रता लिइरहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १ हजार २२५ मत प्राप्त गरेका छन् ।
रामपुर क्षेत्र रहेको क्षेत्र नम्बर १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४९१ मत खसेको छ ।
COMMENTS