काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए ।

सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले हराएका थिए ।  मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए ।

सिंह यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।  

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board