काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
काठमाडौंका तीन र सुनसरीका दुई क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन् । यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार १ सय ८ मत ल्याएका छन् । काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले ३६ सय ६१ मतसहित अघि छन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ४९ सय १० मत ल्याएकी छिन्। यता, चितवन १ मा हरी ढकाल १७९२ मत सहित अघि छन्।
यस्तै, कास्की २ मा घन्टी चुनाव चिन्ह भएका उम्मेदवार माधवप्रसाद कँडेल २४ सय ३१ मतसहित अघि छन्। रूपन्देही २ मा गणेश पौडेल १ हजार ९६ मत सहित अघि छन्।
यता, नवलपरासी बर्दघाट पश्चिम १ मा ३९५९ मत ल्याएका छन्। झापा ४ मा शम्भु ढकाल १७ सय ८१ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने चितवन(२ मा तेस्रो स्थानमा छन्।
COMMENTS