समानुपातिक मतगणना : एमाले ८० हजार नघाउँदै पहिलो, तेस्रो स्थानमा स्वतन्त्र पार्टी

काठमाडौं, ६ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ८० हजार ३ सय ५९ मत कटाएको छ। अर्थात् दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ६८ हजार ५ सय २७ छ। समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ।

स्वतन्त्र पार्टीले ३४ हजार ७ सय ६८ मत प्राप्त गरेको छ। स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ।

माओवादी केन्द्रले ३० हजार ६ सय ९८ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ। राप्रपाले १९ हजार ३ सय ५६ , जसपा नेपालले ५ हजार ९ सय ८३, जनमत पार्टीले ५ हजार ६ सय ११, नेमकिपाले ४ हजार ४ सय ४५, एकीकृत समाजवादीको ३ हजार ५ सय ४९ मत प्राप्त गरेको छ ।

हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board