जसपाले खोल्यो खाता, पर्सा १ बाट प्रदीप यादव विजयी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।

सो पार्टीबाट पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव विजयी भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् । यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो दोस्रो पटकको संसद् यात्रा हो । पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board