झिनो मतान्तरले चुनाव जित्दै फेरि सांसद बने बसन्त नेम्वाङ

पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।

नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद बनेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board