काठमाडौँ, १३ मंसिर । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको ४७२औँ सञ्चालक समितिको बैठकले डा.महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा.विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा.महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासीय संघका संस्थापक अध्यक्षसमेत हुन् ।
COMMENTS