काठमाडौंका डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने

काठमाडौं, १४ मंसिर । काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्नेगरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ । 

यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, क्लब र डिस्को बिहान चार बजेसम्मै खेल्न पाउने निर्णय पनि गरेको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board