दोलखा, १७ मंसिर । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।
हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले चार हजार ७८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा (१) मा ११ हजार ४०९ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार ६९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार ५१५ मत ल्याएका छन् ।
प्रदेशसभा (२) मा ११ हजार ५२३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार १७५ र कांग्रेसका बर्मा लामाले पाँच हजार ३७३ मत प्राप्त गरेका छन् । दोलखामा कुल ८५ हजार ३८८ मत खसेको थियो ।
COMMENTS