बाजुरा, १७ मंसिर । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाही विजयी भएका छन् ।
शाहीले १० हजार ९७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार बल्देब रेग्मीले ८हजार ६३२ मत पाए ।
शाही र रेग्मीबीच दुई हजार ३४१ मतान्तर रहेको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।
COMMENTS