काठमाडौँ, १९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।
भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।
COMMENTS