रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय

किभ, २१ मंसिर । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

उनले धेरै क्षेत्रमा विद्युत् प्रभावित भएको बताए ।  स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए । सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो ।

रातारात थप मिसाइलहरू दक्षिणी सहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् । 

मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।

अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति