लमजुङ, २१ मंसिर । लमजुङमा चालु आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय लमजुङले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २५० सवारी कारबाहीबाट उक्त राजश्व संकलन भएको हो । साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी राजाराम पौडेलले जानकारी दिए ।
साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिप/कार १५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए ।
त्यसैगरी भदौ महिनामा ट्रक, टिपर १२३ वटा, बस ३९ वटा, जिपकार १९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल ४११ र अन्य १९ वटा गरी ८५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो ।
असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । असोजमा १ सय १८ ट्रकरटिपर, ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।
यसैगरी कात्तिकान ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपैया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रकरटिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए ।
गत आर्थिक वर्ष ०७८/७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो ।
COMMENTS