आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । 

 ४  मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । 

आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।

तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।
आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board