काठमाडौं, २ माघ । देशको अर्थतन्त्र मुख्यगरी कृषि, पर्यटनमा आधारित छ । विगतदेखि नै जीवन निर्वाहमुखी खेतीले धानिरहेको नेपालको कृषिप्रणाली आधुनिकीकरण र व्यवसायिक बन्न सकिरहेको छैन । आन्तरिक एवम् बाह्य प्रतिस्पर्धाको सन्तुलन तथा दक्ष जनशक्ति अभाव लगायत विभिन्न नीतिगत र व्यवहारिक समस्याका कारण व्यवसायिक कृषि क्ष्ँेत्र सन्तोषजनक बन्न सकिरहेको छैन ।
तोरी, तरकारी र उखु नेपालको मुख्य नगदेबालीहरु हुन् । यसस“गै किवी खेती, मौरीपालन लगायत विभिन्न पशु तथा पंक्षी पालनबाट पनि व्यवसायिक खेतीमा टेवा पुगिरहेको छ । यसै पनि देशको वनजंगल तथा खुला क्षेत्रमा दश हजारभन्दा बढी जैविक विविधता छ । देशको भौगोलिक विशेषता र हावापानी पनि कृषि अनुकूल छ ।
मौरी पालनको व्यवसायलाई नै हेर्ने हो भने, वर्षभरमा ९ महिना नै यो व्यवसाय गर्न सकिन्छ । थोरै पु“जीमा पनि व्यवसाय गर्न सकिने मौरीपालनबाट वार्षिक रुपमा लाखौं आम्दानी गर्न सकिन्छ । महबाट घरमै किसानले प्रतिकिलो १ हजार रुपैंयासम्म आम्दानी गर्न सक्छन् । देशमै उत्पादित यस्ता उत्पादनहरु स्वास्थ्यका दृष्टिकोणले त लाभदायी नै छन्, यसले आयात प्रतिस्थापनमा पनि सहयोग पु¥याउन सक्छ ।
यार्सागुम्बा जस्ता जडीबुटी प्रतिकिलो २० लाख रुपैंया बढीमा विदेशमा निर्यात हुने गरेको छ । यस्ता कयौं जडीबुटीहरुमा समेत देश सम्पन्नशाली छ । ३० लाखभन्दा बढी हेक्टर जमिन खेतीयोग्य छ । तर, यति हु“दा हु“दै पनि देशको व्यवसायिक कृषि क्षेत्र कहा“निर चुक्यो ? यो आजको गम्भिर विषय हो । तर, यता फेरि, देशमा केही नै नभएजस्तो गरी नसोच्न नेताहरुले आग्रह पनि गरिरहेका छन् । कृषि क्षेत्र तथा यस उपजका सामाग्रीमा सरकारी स्वामित्व र दायित्व वृद्धि गर्नेमा सरकार लागिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम दाबी गर्छन् ।
त्यसो त स्वदेशी उत्पादनको बजारीकरण, प्रवद्र्धन एवम् प्रचारप्रसारमा पनि कमी छ । भ्रमण वर्ष २०२० मा मुख्यतः स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्र्नेे सरोकारवाला बताउ“छन् । होटल तथा रेष्टुरेन्टमा विदेशी महंगा रक्सीको साटो स्थानीय उत्पादनको बिक्रि वितरण गरिनुपर्ने नेकपा नेता शेरबहादुर तामाङ बताउ“छन् । यार्सागुम्बा विदेशमा बेच्ने हैन, पर्यटकहरुलाई यार्सागुम्बा खान नेपालमै आउनुपर्छ भन्ने मानसिकताको विकास गर्न सक्नुपर्ने उनको भनाई छ ।
त्यसो त, नेपालीहरु अझै पनि बेमौसमी कृषि खेती गर्न सकिरहेका छैनन् । नेपालमा उत्पादन हुने मोटरकोसा भारतको भन्दा बजारमा ढिलो आईपुग्छ । जब, नेपालको मटरकोसा बजारमा आउछ, भारतले यसको भाउ बढाउ“छ । यसर्थ, कम्तिमा ४ देखि ६ महिनाको अध्ययन गरेर कृषि उपजको सामाग्री उत्पादन गर्नुपर्ने सरोकारवालाहरु सुझाछन् ।
भारत लगायत अन्य देशबाट आयातित तरकारीभन्दा नेपालको तरकारी स्वस्थकर रहेको विदेशीले समेत स्वीकारेका छन् । तर, कतै बजार अभाव त, कतै न्यून उत्पादनका कारण व्यवसायिक कृषिमा प्रभाव पुगिरहेको छ । यी सबै विषयको व्यवस्थापन राज्यले नै गर्नुपर्ने किसानहरु बताउ“छन् । बजारले दिन नसकेको मूल्य सरकारले दिनुपर्छ, तर किसान मर्न हु“दैन, पलायन हुनुहु“दैन ।
व्यवसायिक कृषि क्षेत्रको यी विविध समस्याको समाधान राज्यले खोज्नुपर्छ । खाद्य सुरक्षाको विषय होस् या आत्मनिर्भरको विषय । स्वस्थ, समृद्ध र विकसित राष्ट्र निर्माणका लागि कृषि क्षेत्र व्यवसायिक बन्नै पर्छ ।
COMMENTS