काठमाडौँ, २९ वैशाख । सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा लकडाउन केही खुकुलो गरेपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । बन्दाबन्दी खुकुलो पारिएको दोस्रो दिन राजधानीको सडकमा सवारी चाप बढेको हो । आइतबारदेखि राजधानीमा आंशिकरुपमा सरकारी कार्यालय, प्राइभेट कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि सोमबार पनि सडकमा सवारीसाधनको चाप बढेको छ ।
COMMENTS