काठमाडौं, २९ वैशाख । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले कोरोना भाईरसको कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।
मुभीस्टारसँग कुरा गर्दै अध्यक्ष टेबासले ला लिगा जुन १२ बाट सुचारु हुनेमा आफु आशावादी भएको बताएका हुन् ।
कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी स्पेनमा कायम रहेपछि ला लिगा सुचारुको मिति अनिश्चित बनेको छ । मलाई थाहा छैन । यो महामारीको चरणमा निर्भर हुन्छ । म चाहन्छु जुन १२ बाट सुचारु होस्,ु टेबासले भने, यो भाईरसको स्पाइकमा निर्भर हुन्छ । पहिलो र दोस्रो डिभिजनको लिग एकै समयमा सकिन्छ ।
कोरोनाको कारण विश्वमा २ लाख ८० हजार मानिसको मृत्यु भईसकेको छ । स्पेनमा मात्र २६ हजार बढीले ज्यान गुमाएका छन् ।
आइतबार मात्र ला लिगका पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसको कारण लिग थप अनिश्चित बनेको छ ।
अध्यक्ष टेबासले एकै क्लबमा धेरै खेलाडीमा कोरोना देखिए त्यो लापरबाहीको कारण भएको बताए । यदि एकै क्लबमा पाँच खेलाडीमा संक्रमण देखिए त्यो लापरबाही दर्शाउछ टेबासले भने,हामी लिग सुचारु हुँदा खेलाडीमा कुनै संक्रमण नहोस् भन्ने आशा गर्छौं ।
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ ।
COMMENTS