15 May, 2020 11:06 am


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न

काठमाडौं, २ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा आज दिउसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यत्रममा केहि महत्वपूर्ण सुझाव भए माग गर्नुभएको र केहि छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नीति कार्यक्रममा समेट्नु पर्ने महत्वपूर्ण सुझाव पेश गर्ने जानकारी दिनुभयो ।

नेकपा नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board