काठमाडौं, २ जेठ । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन् ।
भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको उनको दाबी छ । नरवानले नेपालले विरोध गरेको चीनको उक्साहटमा लागेर गरेको भन्ने संकेत गरेका छन् । तर उनले चीनको नाम भने लिएनन् ।
‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन। नेपाली राजदूतले भनेका छन् कालापानीपूर्वको भू(भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ,’। ,‘त्यही भएर नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन भन्दै उनले महाकाली पूर्व नेपाल र पश्चिम भारत भन्ने आम बुझाई र तथ्यलाई नजरअन्दाज गरेको विश्लेषकहरुले बताएका छन् ।
भारतीय सेना प्रमुखले त्रिपक्षीय जक्सन (नेपाल, भारत र चीनको) कहाँ हुनुपर्छ भन्ने मुद्दा बांकी रहेको उनको बताएका छन् ।
भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको ट्र्याकको उद्घाटन गरेका थिए।
नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ।
COMMENTS