17 May, 2020 6:08 pm


मदन स्मृति, नेकपाको कहर र राष्ट्रियताको राप (भिडियो विश्लेषण)

काठमाडौं । २०५० जेठ ३ गते जननेता मदन भण्डारीको रहस्यमयी जीप दुर्घटना गराएर हत्या गरियो । किन कि भण्डारीले विश्वभरि कम्युनिस्ट समाप्त भयो भनेर डंका पिटिरहेका बेला नेपालमा कम्युनिस्टहरु पुंजीवादीहरुसंग बहुदलीय प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न सक्ने कार्यक्रम जनताको बहुदलीय जनवाद अघि सारेका कारण । बास्तवमा जबज नेपाली कम्युनिष्ट आन्दोलनका रक्षा कवच नै बन्यो । त्यसको केही समय अघि २०४८ साल चैत्र २८ गते मदन भण्डारीले टनकपुर सन्धिको भण्डाफोर गर्दै नेपालका कम्युनिस्टहरुले अपनाउनु पर्ने राष्ट्रियता सम्वन्धी अकाट्य अवधारणा संसदको बैठकमा राख्नु भएको थियो ।
मदन हत्याको २५ वर्ष पुगेकै दिन नेपालका दुई धारका कम्युनिष्ट पार्टी बीच एकता भएर नेपालको राजनीतिकै शक्तिशाली राजनीतिक दल बन्न सफल भयो नेकपा । तर नेकपा भित्रको संघर्षको कहरले वाम जमातलाई नै नमिठो बनाएको छ ।
मदन हत्याको ठीक एक दिन पहिले मदन धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरम नेपाली भूमि भएको घोषणा गर्नुभयो । अब नेपाल«–भारत सीमा समस्या कुनै दलको भन्दा पनि नेपाली सार्वभौम संसदको विषय बन्न पुगेको छ ।
यिनै मुख्य तीनवटा सन्दर्भको भिडियो विश्लेषण आजको कार्यक्रम आउटलुकमा गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board