काठमाडौँ, ५ जेठ ।रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगको छ ।बारामा २१ देखि ३० वर्षसम्ममा ७ जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ।
COMMENTS