विराटनगर, ५ जेठ । विराटनगरमा उपचाररत झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
COMMENTS