17 June, 2020 3:33 pm


अंगीकृत नागरिकता विवादको सहमति जुटाउन सरकारलाई ५ दिन समय


काठमाडौं, ३ असार । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

समितिमा मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले विरोध गरेको छ । बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै समय गनुभएको थियो । समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउन ल्याउन भन्दै पाँच दिनको समय दिनु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board