काठमाडौं, ११ असार । नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।
संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्। नेपालमाअहिलेसम्म जनाको पिसिआर मेसिनबाट १९९७३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा छन्।
COMMENTS