28 June, 2020 3:10 pm


दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिंदैछः प्रधानमन्त्री

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफुलाई हटाउन खोजेको बताएका हुन् ।

मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।’

प्रधानमन्त्री ओलीले आफुलाई दिल्ली र नेपालका शक्ति मिलेर हटाउन खोजरिहेकोसमेत दाबी गरेका छन् । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए । उनले भने, नेपालकै नेताहरु लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’ ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान सशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तरभित्रभित्र यस्तो अपराध गर्ने केपी ओलीलाई ‘। यहाँका होटलहरु भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूताबासको सक्रियताले पनि देखाउँछ ।’ तर प्रधानमन्त्रीलाई हटाउने सपना पुरा नहुने समेत उनले बताए ।

नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ‘ प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउदै आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भने, किनकी भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ‘ ।’ थिती बसाल्न खोजेको हो । यसैले हाम्रो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने उनले आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board