काठमाडौं, १४ असार । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदिलाई मानसिक रोगीको संज्ञा दिएका छन् । उनले भनेका छन् – ‘मोदी साधारण व्यक्ति नभई उनी मानसिक रोगी हुन् र भारतलाई विध्वंसतिर लगेको’ बताए ।
इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसंहार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’
बीबीसीले उल्लेख गरे अनुसार पत्रिका दुनियाँमा प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीमाथि हमला गर्दै ‘मोदी साधारण व्यक्ति नभई उनी मानसिक रोगी हुन् र भारतलाई विध्वंसतिर लगेको’ बताएका खबर छ । इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलनसमेत चलाइने जानकारी दिए ।
पाकिस्तामा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित बनेको छ ।
इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् । यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ । बीबीसी
COMMENTS