1 July, 2020 11:58 am


प्रधानमन्त्रीलाई एकताबद्ध भएर अघि बढ्न मन्त्रीहरुको सुझाव

काठमाडौं, १७ असार । पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गरेका छन् ।

बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उनले केही मन्त्रीहरुसँग परामर्श गरेका हुन । बैठकमा मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई ,रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी रहेको थियो । आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताए ।

This image has an empty alt attribute; its file name is Capture.jpg


प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताउनुभएको र विवाद छिटै मिल्ने उनको भनाई छ । हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुटेका हुन ।नेकपा स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board