वासिङ्टन, १७ असार । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ ।
उहाँले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए ।
अमेरिकामा दैनिक एक लाख मानिस कोरोना संक्रमण हुनसक्ने अनुमान
अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएका बताएका छन् ।
आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उहाको ठम्याइ छ । थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् ।
उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए । अमेरिकी सिनेटको समितिबाट आयोजित सुनुवाइमा उहाले अहिले सङ्क्रमण नियन्त्रण गर्न नसकेको स्पष्ट पारे ।
COMMENTS