काठमाडौं १७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी बैठक ५जना नेताहरुले आफ्नो धारणा राखेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।
आजको बैठकमा स्थायी सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेशल खतिवडा र एनके प्रसाईंले आ–आफ्नो धारणा राखेका थिए ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खेल खेलिरहेको भनी दिएको अभिव्यक्तिबारे अपरिपक्क भएको टिप्पणी गरेका थिए ।
नेताहरुले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको प्रक्रिया चालिएको विषयमा पनि सत्य तथ्य पत्ता लगाउनु पर्ने माग गरेका छन् ।
स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गरेर सहमति कायम गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकताअनुसार सचिवालयको बैठक पनि बस्नेछ । भोली फेरि स्थायी समिति बैठक सुचारु हुने श्रेष्ठले जानकारी दिए ।
COMMENTS