2 July, 2020 12:47 pm


वेष्टइन्डिजका क्रिकेटर लेजेण्ड सर एभरटनको निधन

काठमाडौं, १८ असार। वेष्ट इन्डिजका लेजेण्ड्री ब्याट्सम्यान सर एभरटन विकेसको ९५ वर्षको उमेरमा निधन भएको छ ।

विकेससँगै सर क्लाइड वाल्कोट र सर फ्राक वोरललाई वेष्ट इन्डिजमा ‘थ्री डब्लु’ले चिनिन्छ । क्रिकेट वेष्ट इन्डिजले लेजेण्ड हिरोको मृत्युमा दुस्ख व्यक्त गरेको छ ।

उनी लगातार पाँच टेष्ट इनिङ्समा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् । ४८ टेष्ट खेलेका विकेटसले ५६.६१ को एभरेजमा ४ हजार ४५५ रन बनाएका थिए ।

कम्तीमा २० इनिङ्स खेल्नेमध्ये टेष्ट क्रिकेटको इतिहासमा विकेटको एभरेज १०औं उच्च हो ।

सन् १९४८ मा इंग्ल्याण्डविरुद्ध टेष्ट डेब्यु गरेका बारबाडियन वेसले दश वर्षपछि सन्यास लिएका थिए । उनले सन् १९९५ सर उपाधि पाएका थिए । २०१९ जुनमा हर्ट अट्याक भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board