4 July, 2020 1:45 pm


ललितपुरको खोकनामा प्रहरी र स्थानीयबासीबीच झडप

काठमाडौं, २० असार । ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप हुँदा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको बताइएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन् ।

काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ – भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board