6 July, 2020 10:41 am


नेकपा स्थायी कमिटीको बैठक अर्को दुई दिनका लागि स्थगित

काठमाडौं २२ असार । ससत्तारुढ दल नेकपाको आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । अध्यक्षद्धय बीच सहमति गर्नका लागि बुधबारसम्मका लागि बैठक स्थगित महासचिव विष्णु पौडेलले बताए।

यसअघि गत शनिबार बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । हिजो दुई नेताहरुबीच ठोस सहमति नभएपछि स्थायी समितिको बैठक थप दुई दिनका लागि सस्थगित गरिएको पौडेलले बताए ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक विवाद छताछुल्ल भएको थियो । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिए पनि आन्तरिक रुपमा एक पदबाट हट्ने विषयमा छलफल भइरहेको बताइएको छ ।


अहिले दुई अध्यक्षबीच सहमतिका लागि छलफल भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board