12 July, 2020 4:38 pm


राष्ट्रपति चयनका लागि पोल्याण्डमा मतदान

वार्सा, २८ असार । युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गरेका छन् ।

डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरुले डुडालाई नै थप पाँच बर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् । उनी फेरी निर्वाचित भए भने उनको त्यो दोस्रो कार्यकाल हुनेछ ।

अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो ।

राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ बर्षका रहेका छन् । उनीहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरुले उनीहरुका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board