काठमाडौं, २९ असार । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन्। केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले बताए । ‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ, उहाहरुले भारतका समाचार हेर्ने पनि हुनुहुन्छ त्यसकारण हामीले केही च्यानलबाहेक अरूको खोलेका हौं’, उनले भने । हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन जानकारी दिए ।
COMMENTS