काठमाडौ, २९ असार । राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट ३३ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन ।
नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम भएपछि यसअघि संघको कार्यसमितिमा रहेका कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएको परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
सोमबारसम्म परिषद्मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन्। कर्मचारी ५ वटासम्म खेलकुद संघको कार्यसमितिमा थिए। परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड। ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएको बताए ।
खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिएका हुन् । परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिएका छन् ।
खेल विकासका लागि रणनीति बनाउन संघभित्र प्राविधिक व्यक्ति आवश्यक पर्ने र त्यसका लागि सम्बन्धित खेलको संघमा आफूहरूको पहुँच हुनुपर्ने माग प्रशिक्षकको थियो/छ । उनीहरूले २०७५ फागुन २६ गते राष्ट्रिय सभामा विधेयक दर्ता भएपछि मन्त्रालय र नेपाल ओलम्पिक कमिटीमा पनि यस्तो व्यवस्था नगर्न ज्ञापनपत्र बुझाएका थिए । संसदीय समितिको छलफलमा पनि उनीहरूले संघमा बस्न नपाउने प्रावधान खारेजीको माग गरेका थिए ।
COMMENTS